शिक्षा

‘ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल’ सार्वजनिक

४ असोज, काठमाडौं ।शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाद्वारा लिखित ‘ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल’ पुस्तक आज सार्वजनिक भएको छ । जरोकिलो प्रतिष्ठान नेपालले आज आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक सार्वजनिक भएको हो ।

नेपालका प्राचीन सामाजिक न्याय, भाषा, कला र साहित्य, धर्म, दर्शन तथा राजनीतिका ज्ञान र इतिहासको खोज अध्ययनका आधारमा डा कोइरालाले सो कृति तयार गरेका हुन् । प्रतिष्ठानका अध्यक्ष डा निर्मलमणि अधिकारीले उक्त कृति नेपाल चिन्तनको एक उपक्रम भएको बताए । शिक्षाकर्मी डा जानुका पौडेलले डा कोइरालाको पुस्तक बहुउपयोगी र खोजमूलक भएको टिप्पणी गरे । पुस्तक १२६ पृष्ठको रहेको छ ।