राजनीति

किशोरको प्रश्नः कसलाई देखाएको होला जनकपुरको स्टेशनमा त्यो बिजोग ?

३ असोज, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले कसलाई देखाएको होला जनकपुरको स्टेशनमा त्यो बिजोग ? भनेर गम्भीर प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै कमिशनको रेट नमिलेको हो कि के हो रु भन्ने प्रश्न गर्दै जनता रेलमा यात्रागर्न चाहन्छन् भनेका छन् ।
पत्रकार नेपालले जनकपुरमा ल्याएर खडा गरिएको रेल आज गणतन्त्र दिवसको उपलक्षमा उद्घाटनको प्रबन्ध मिलाएको भए के हुन्थ्यो ? भन्ने अर्को प्रश्न थप्दै कस्तो हावादारी रहेछ संघीय सरकार भन्ने टिप्पणी गरेका छन् ।
उनको ट्वीटः जनकपुरमा ल्याएर खडा गरिएको रेल आज गणतन्त्र दिवसको उपलक्षमा उद्घाटनको प्रबन्ध मिलाएको भए के हुन्थ्यो ? कस्तो हावादारी रहेछ संघीय सरकार । कसलाई देखाएको होला जनकपुरको स्टेशनमा त्यो बिजोग ? कमिशनको रेट नमिलेको हो कि के हो रु जनता रेलमा यात्रागर्न चाहन्छन ।