राजनीति

भीम रावलको आह्वानःएमसीसीको गुणगानमा प्रायोजित सामग्री देखिन थाले,देशभक्त नेपाली सचेत बनौं

३ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीको गुणगानमा प्रायोजित सामग्रीहरू संचारजगतमा देखिनथालेका छन्, देशभक्त नेपालीहरू सचेत बनौं भनदै सार्बजनिक आह्वान गरेका छन् ।
उनले सामाजिक स१जालमा ट्वीट गर्दै नेपालको राष्ट्रिय हित र स्वधीनता विपरीतका प्रवधान रहेको एमसीसीसंगको सम्झौताको पक्षमा प्रायोजितरूपमा एमसीसीले प्रचार अभियान चलाउने भनी केही दिन अघि संचारमाध्यममा आएको थियो।त्यो सत्य रहेछ भन्दै उक्त आह्वान गरेका हुन् ।

उपाध्यक्ष रावलको ट्वीटः नेपालको राष्ट्रिय हित र स्वधीनता विपरीतका प्रवधान रहेको एमसीसीसंगको सम्झौताको पक्षमा प्रायोजितरूपमा एमसीसीले प्रचार अभियान चलाउने भनी केही दिन अघि संचारमाध्यममा आएको थियो।त्यो सत्य रहेछ। एमसीसीको गुणगानमा प्रायोजित सामग्रीहरू संचारजगतमा देखिनथालेका छन्। देशभक्त नेपालीहरू सचेत बनौं !