खेलकुद

राष्ट्रिय फुटसल लिग: स्पोर्टस् क्यासल र दी राइजिङ धरानको विजयी सुरुआत

२ असोज, कास्की । पोखरामा आजदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को आयोजनामा पोखरा रङ्शगालाभित्रको बहुउद्देश्यीय कर्भडहलमा सञ्चालन भएको आजको खेलमा गण्डकी प्रदेशको स्पोर्टस् क्यासल पोखरा र दी राइजिङ धरानले विजयी सुरुआत गरेका छन् ।

खेलमा स्पोर्टस् क्यासलले प्रभातफेरी युथ क्यासललाई ७–० गोलअन्तरले पराजित गर्न सफल भयो । स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ र खिमराज गुरुङले समान दुई गोल तथा किशोर गुरुङ, दीपेश घले र विजय गुरुङले एक÷एक गोल गरे ।

यसैगरी दी राइजिङ धरानले मच्छिन्द्र स्काइ गोललाई ५–४ गोलअन्तरले पराजित गरी जितको खाता खोल्न सफल भयो । राइजिङका रिओस मास्केले दुई र मिलन लिम्बू, दोर्जे तामाङ र सुदीप गुरुङले एक÷एक गोल गरे। मच्छिन्द्रका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे पनि टोलीलाई जिताउन सक्नुभएन । मच्छिन्द्रका आशिस सुनमले एक गोल गरे ।

नेपालमा पहिलोपटक आयोजना गरिएको फुटसल लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका छन् । खेल राउण्ड रोविन प्रणालीका आधारमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताले फुटसल खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने एन्फा फुटसल कमिटीका संयोजक रत्नकुमार श्रेष्ठले बताए ।

लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ ।