पु.समाचार

नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन

१ असोज, काठमाडौं । नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएक छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

कांग्रेस ९बीपी०को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । कांग्रेस ९बीपी० को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ ।

विशेष महाधिवेशन सम्पन्नपछि चयन हुनुभएका पार्टी सभापति शेरचनले कांग्रेस ९बीपी०ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरे । विसं २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो ।