खेलकुद

नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ गर्ने

१ असोज, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्ने भएको छ ।
ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।
अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ । राष्ट्रिय टोलीमा गुलशनको यो डेब्यु समेत हो ।
आज अमेरिकालाई पराजित गदै लगातार दोस्रो जित दर्ता गराउने दाउमा नेपाल रहेको छ । यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । अमेरिका पनि नेपाललाई पराजित गर्दै यसअघिको हारको बदला लिने योजनामा देखिन्छ ।