प्रदेश 1

प्रदेश नं १ मा ३१५ जनामा कोरोना सङ्क्रमण

१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०० मध्ये विराटनगरमा ५७, सुनसरीमा ६४, झापामा १७, धनकुटामा नौ, भोजपुर र तेहृथुममा दुईदुई, संखुवासभामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १९६ महिला र १८४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।