सूचना प्रविधि

क्लासिक टेकका सिईओ खरेललाई पितृशोक

१ असोज, काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकका फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलका पिता स्व। विश्वनाथ खरेल ्को ८५ बर्षको उमेरमा असामायिक निधन भएको छ । उक्त खबरले क्लासिक टेक परिवारलाई मर्माहत बनाएको कम्पनीले बतानएको छ ।

विसं १९९३ साल मंसिर १३ गते जन्मिनु भएका स्व। विश्वनाथ खरेलको यही मिति यही भदौ २१ गतेको दिन असामायिक निधन भएको हो ।
आज १३ औं दिनको पून्य तिथिको अवसरमा क्लासिक टेक परिवार हार्दिक समबेदना अपर्ण गर्दै सम्पूर्ण परिवारजन तथा समस्त शुभचिन्तकहरूमा धैर्य धारण गर्न तथा दिवगंत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना अर्पण गरेको छ ।

साथै कम्पनीले यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै धैर्यधारण गर्र्ने शक्ति प्रदान गरुन् भनि ईश्वरसँग प्रार्थना गरेको छ ।