समाचार

मुख्यमन्त्री आचार्यले गराए मन्त्री परिषद बिस्तार

३० भदौ, बिराटनगर । प्रदेश नम्बर १ का मुख्यमनत्री भीम आचार्यले मन्त्री मण्डाल बिस्तार गरेका छन् । उनले बिस्तारपछि ८ मन्त्रालय बनाएका छन् ।
मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानून, हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाउँदै मन्त्रीपरिषद बिरुतार गरेका हुन् ।

आज मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएपछि प्रदेश १ को मन्त्ती परिषद बिस्तार भएके छ ।