सामाजिक सञ्जाल

बालुवाटार घोटाला तत्काल मुद्धा दर्ता गर्नुपर्छ ‘सानालाई ऐन, ठुलालाई चयन’ रहेसम्म देश बन्दैनः नेता गुरुगं

३० भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले ‘सानालाई ऐन, ठुलालाई चयन’ रहेसम्म देश बन्दैन भनेका छन् ।
उनले ट्वीट गर्दै यो मुद्दा तुरुन्त दर्ता गरियोस्, ठुला नेताहरुको संलग्नताका कारण मुद्दा नै दर्ता नगर्ने हो भने यो भन्दा कानुनको मजाक के हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।
उनले ललिता निवास प्रकरणमा सिआईबीले ‘किर्ते कसुर’ मुद्दा लगाउनु पर्ने निष्कर्ष निकालेको रहेछ भन्दै उक्त कुरा बताएका हुन् ।

उनको ट्वीटः
ललिता निवास प्रकरणमा सिआईबीले ‘किर्ते कसुर’ मुद्दा लगाउनु पर्ने निष्कर्ष निकालेको रहेछ।

यो मुद्दा तुरुन्त दर्ता गरियोस्। ठुला नेताहरुको संलग्नताका कारण मुद्दा नै दर्ता नगर्ने हो भने यो भन्दा कानुनको मजाक के हुन्छ ?
‘सानालाई ऐन, ठुलालाई चयन’ रहेसम्म देश बन्दैन।