पु.समाचार

नेपाली सेनाद्वारा १०३.९२ केजी गाँजा तस्कर पक्राउ

२८ भदौ, काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्‍ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एलआरपि टोलीद्वारा तस्करहरु पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा निकुञ्‍ज कोर ईलाका, भैँसे खोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा हेटौडा उपमहानगरपालिका वडँ नं ३ हाँडीखोला बस्ने बर्ष २८ का बुद्ध बहादुर व्लोन लामालाई देहायमा उल्लिखित सामानहरु सहित पक्राउ गरि पर्सा राष्ट्रिय निकुञ्‍ज प्रशासनलाई बुझाएको सेनाले जनाएको छ ।
सेनाले गाँजा-१०३.९२ केजी, मोबाईल सेट-२, झोला गोटा- २ वटा पक्राउ गरेको छ ।