आर्थिक

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Terra Payment Services बिच रेमिटान्स सम्झौता

२९ भदौ, काठमाडौं । भ्गचयउभ को ख्यातिप्राप्त Terra Payment Services  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । भ्गचयउभ मा रहेका नेपालीहरुले त्भचचब एबथ को सेवा प्रयोग गरी भ्गचयउभ तथा ७९ अन्य देशहरु बाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र त्भचचबएबथ का तर्फबाट सह संस्थापक ब्लष् क्बलभ ले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।