आर्थिक

सानिमा बैंकका ग्राहकले फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने

२८ भदौ, काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि—बुकिङ्ग गर्न सक्नुहुनेछ । यसका साथै प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नुहुनेछ । भदौ २० गतेबाट प्रि—बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ । प्रि-बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नेछन् । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइटमा https://creditcard.sanimabank.com/credit-card/online-application लगइन गरी आवेदन दिन सकिन्छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटिएम संचालनमा रहेका छन् ।