पु.समाचार

वडाअधिवेशनमा असन्तुष्ट बन्दै बरिष्ठ नेता पौडेलले बोलाए आफ्ना पक्षका नेताको बैठक

२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा आफु पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । सभापति देउवाको गृहजिल्ला डडेलधुरामा कृयाशील सदस्यता बिबाद नटुँगिईकन वडा अधिवेशन सम्पन्न भएकोमा रुष्ट भएको पौडेल पक्षले उक्त कार्यलगायतका देउवा पक्षका एकलौटी गतिबिधिबारे रणनीति तयार पार्न बैठक डाकिएको बरिष्ठ नेता पौडेल पक्षका नेताले दाबी गरेका छन्।
५६ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको भएपनि डडेलधुराको अधिवेशन एकपक्षीय रुपमा गरिएको बताईएको छ । नैता पौडेलका साथमा महामन्त्री डा शसाँक कोईराला, नेताहरु रामशरण महत, डा रामशरण महत, डा शेखर कोईरालालगायत उपस्थित हुने बताईएको छ । काँग्रेसले १४ महाधिवेशन मंसिशर ९ देखी १३ गतेसम्म काठमाडौंमा गर्ने भनेको भएपनि अझै वडालगायतका अधिवेशनहरु सरेका सरै देखिएका छन् ।