पु.समाचार

वैदेशिक रोजगार पत्रकार समाजमा भट्टराईसहित यस्तो समूह निर्बाचित

२७ भदौ, काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई निर्वाचित भएका छन् । समाजको आज सम्पन्न १२औँ साधारणसभाले आगामी दुई वर्षका लागि भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्वाचित हुएकी छन् ।

यस्तै, सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाईँ निर्विरोध निर्वाचित हुनुभएको समाजका सल्लाहकार रामजी बगालेले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको भन्दै अधिकांश नेपाली रहरले नभई वाध्यताले विदेशिनु परेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कोभिडले मुलुकको आर्थिक गतिविधि ठप्प बन्दासमेत विप्रेषणका कारण देशको अर्थतन्त्र चलायमान बनेको भन्दै वैदेशिक रोजगारले मुलुकलाई पु¥याएको योगदानको प्रशंशा गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठ, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीलगायतको सहभागिता थियो । कार्यक्रममा समाजको प्रकाशत ‘श्रम तथा आप्रवासन’ स्मारिका विमोचन गरिएको थियो ।