आर्थिक

सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘Century Remit Premium Account’

२७ भदौ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘Century Remit Premium Account’’ को शुभारम्भ गरेको छ । एक हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशत को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । यस खातामा अन्य बचत खातामा भन्दा १५ बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटिएम् र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।
रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘Century Remit Premium Account’’ खोल्ने सुबिधा लिन सक्नुहुन्छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्ने बताईएको छ ।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।