अन्तर्राष्ट्रिय

भारतकी मन्त्री लेखी पोर्चुगल र स्पेन जाने

२६ भदौ, नयाँदिल्ली । भारतकी केन्द्रीय विदेश मामिला राज्य मन्त्री मिनाक्षी लेखी औपचारिक भ्रमणका लागि पोर्चुगल र स्पेन जाने भएक छन् ।
उनी यही सेप्टेम्बर १२ देखि १७ तारिखसम्म उक्त दुई देशको भ्रमण गर्नु हुने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
सुरुमा उनले सेप्टेम्बर १२ देखि १४ सम्म पोर्चुगलको भ्रमण गर्ने भ्रमण तालिका तय भएको छ ।
पोर्चुगलमा रहँदा उनले विदेशमन्त्री लगायत उच्चस्तरीय सरकारी अधिकारीहरूसँग भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गर्ने जनाइएको छ ।
सो अवसरमा भारतीय नागरिकलाई पोर्चुगलमा काम गर्न दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने तय भएको छ ।
त्यसैगरी सेप्टेम्बर १५ देखि १७ सम्म उनले स्पेनको भ्रमण गर्नेछन् ।