स्वास्थ्य

कोरोना अपडेटः २४ घण्टामा ११४६ सङ्क्रमित थपिए, २१ को निधन

२५ भदौ, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार १४६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १० हजार ९१६ जनामा परीक्षण गर्दा एक हजार १४६ जनामा सङ्क्रमण देखिएको हो ।
नेपालमा सङ्क्रमणको दर १९।३ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २७ हजार ९५८ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । यस्तै आज सङ्क्रमणमुक्त भई एक हजार ६६० जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३६ हजार ६६६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५ प्रतिशत रहेको छ ।
यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २१ को ज्यान गएको छ । अहिलेसम्म १० हजार ९२४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६८.२ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।
यस्तै ४५८ सघन उपचार कक्ष (आइसियु), १४५ भेन्टिलेटर, २६ हजार २९६ होम आइसोलेसन, एक हजार ६६२ संस्थागत आइसोलेसन र २५२ कोरोना सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् । आज २९ हजार २८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ४० हजार ३४५ जनाले पहिलो मात्रा र ५१ लाख २० हजार ८७७ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।