पु.समाचार

एमालेले बोलायो आज अपरान्ह स्थायी कमिटी बैठक

२४ भदौ, काठमाडौं । नेकपा (एमाले) ले आज शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ । यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।