सामाजिक सञ्जाल

भीम रावल भन्छन्ः हे आमा नेपालका नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देउ!

भीम रावल

२४ भदौ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कस्तो विडम्बना! हे आमा नेपाल नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देउ१ भनेका छन् । उनले ट्वीट गर्दै संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने भन्दै उक्त कुरा बताएका हुन् ।
उनको ट्वीटः
संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने, कस्तो विडम्बना! हे आमा नेपाल नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देउ!