प्रदेश 1

प्रदेश नं १ मा ४५० जनामा कोरोना

२३ भदौ, बिराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ६९ जनाको पिसिआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १३७ मध्ये विराटनगरमा ५८, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा नौ, उदयपुरमा चार, पाँचथरमा तीन, भोजपुरमा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आजै १९८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९७ महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।