प्रदेश 1

बराहक्षेत्र ७ को वडाअधिवेशनमा निर्बाचन प्रकृया गलत भएको भन्दै ५ दर्जन कृयाशीलको उजुरी दिने तयारी

२३ भदौ, चक्रघट्टी । नेपाली काँग्रेसको सुनसरीमा गरिएका अधिकाँस स्थानका वडा अधिवेशन नियमसँगत नभएको पाईएको छ । नेपाली काँग्रेसको चौधौं महाधिवेशनअन्तर्गत भएको बराहक्षेत्र ७ को काँग्रेस अधिवेशनको बिषयमा स्वयम् वडाध्यक्ष केशव निरौला नै असन्तुष्ट छन् ।

वडाध्यक्ष केशव निरौला पुनः दोस्रोपटक निर्बाचित भएपनि उनी र क्षेत्रिय प्रतिनिधिलगायतकालाई आज २३ गते हुँदासम्म प्रमाणपत्र दिईएको छैन, अध्यक्ष निरौला सादा जीवन मन पराउने स्वच्छ छबिका स्थानीय हुन् । अर्कोतर्फ निर्बाचन प्रकृयामा निर्बाचन अधिकृतलाई अनावश्यक ब्यक्तीहरुले हस्तक्षेप गरी निर्बाचनलाई प्रभाव पारेको लगायतका बिषयमा असन्तुष्टी जनाउँदै सो वडाका दर्जनौं कृयाशील सदस्यहरुले पुनः निर्बाचनको माग गर्दै जिल्ला निर्बाचन अधिकृत, नेपाली काँग्रेस जिल्ला कार्यसमिति, केन्द्रीय कार्य समितिलगायतमा निबेदन दिने तयारीका साथ कृयाशील भेला गर्ने तयारी गरेको बताईएको छ ।
निर्बाचन प्रकृयामा अनावश्यक ब्यक्तीहरु पनि प्रवेश गरी मतदान, निर्बाचनपछिको मतगणना, परिणाममासमेत अशर पार्ने काम गरेको भन्दै पुनः स्वच्छ निर्बाचनको माग गर्दै ५० भन्दा बढी कृयाशीलसदस्यहरुको हस्ताक्षरसहित बिरोध गर्ने तयारी भएको छ । सो बैठकले निर्बाचन र मतपरिणामबारे जिल्ला स्तरीय छानबिन समिति बनाई उक्त निर्बाचनबारे सत्यतथ्य सार्बजनिक गर्नसमेत माग गर्ने जनाईएको छ ।

कोशी माबिका प्रधानाध्यापक बालकृष्ण अधिकारीले आफ्नै स्कुलकी शिक्षक तथा स्कुलका बिद्यालय सहयोगी होमबहादुर राईकी छोरी लक्ष्मी राईलाई निर्बाचन अधिकृत बनाई निर्बाचनमा सोझी मतदान अधिकृत प्रयोग गरी निर्बाचनमा धाँलली गरेकोलगायतका आरोप लगाईएको छ ।

शिक्षक अधिकारी सहमती गराउन बनाईएको समतिका संयोजक भएपनि निर्बाचन हुने भएपछि उनलाई निर्बाचन र मतगणनालगायतका कार्यमा प्रवेश गर्ने अधिकारसमेत हुन्न । आफ्नी श्रीमती मुना रिजाल अधिकारीलाई क्षेत्रीय प्रतिनिधि जसरी पनि जिताउन उक्त निर्बाचन स्थलमा दिनभर रहेका उनी स्थानीय वडामा सबैले चिनेका भएपनि लोकप्रीय छैनन् । (भाग १)