राजनीति

हिन्दू र राजसंस्थाको एजेण्डमा भएका २३ दललाई राप्रपामा आउन अध्यक्ष थापाको आह्वान

२२ भदौ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा हुने सबै दललाई एकजुट भएर आउन आग्रह गरेका छन् । उनले २३ वटा दलहरु हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डामा निर्बाचित भएका र सबै दलहरु एकजुट भएर अगाडी बढ्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।
हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर हिँडेका अध्यक्ष थापाले ट्वीटरमार्फत उक्त पार्टीहरु एकीकरणका लागि आह्वान गरेका छन् ।
उनको ट्वीटः
६२/६३ मा हामी एक्लै थियौँ, लडदैभिडदै अघि बढ्यौँ। अहिले हिन्दुराष्ट्र र राजसंस्थामा आस्था राख्ने धेरै भएका छौँ। यो बिचार बोक्ने २३ दल निर्वाचन आयोगमा दर्ता छन्।छरिएर रहँदा एजेण्डा कमजोर हुन्छ। हिन्दुराष्ट्र र राजसंस्था चाहने सबै यो बिचारको मुलसंवाहक राप्रपामा एकजुट हुन आह्वान गर्दछु