सामाजिक सञ्जाल

पशुपतिको ११ किलो सुन घोटाला गर्ने जोसुकै भएपनि कारबाही गर्न धनराजको प्रधानमन्त्री माग

२२ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले ११ किलो पशुपतिनाथको घोटाला गर्नेलाई कारबाही गर्न माग गरेका छन् । उनले ट्वीट गर्दै तत्कालीन सरकारको जिम्मेवारीमा रहेकाहरुको संलग्नता छरछैन? निस्पक्ष छानबिन गराउनुहोस् भनेका छन् ।
नेता गुरुगंले प्रधानमन्त्री शेरबहादुर देउवासँग उक्त माग गरेका हुन् ।
नेता गुरुगंको ट्वीटः
पशुपतिनाथमा चढाएको सुनको जलहरीमा ११ किलो सुन घोटाला ? !
PM_Nepal-ज्यु!
यस घोटलाका सन्दर्भमा छानबिनको दायराभित्र परेकाहरु जोसुकै भएपनि तत्काल निलम्बन गरियोस्।
तत्कालीन सरकारको जिम्मेवारीमा रहेकाहरुको संलग्नता छरछैन? निस्पक्ष छानबिन गराउनुहोस्।
ॐ नमो शिवाय!