स्वास्थ्य

कोरोना अपडेटः एक हजार ८९७ मा सङ्क्रमण, २० जनाको निधन

२१ भदौ, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण एकै दिन एक हजार ८९७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ९७९ जनामा परीक्षण गर्दा एक हजार ८९७ जनामा सङ्क्रमण देखिएको हो ।
सक्रिय सङ्क्रमित ३० हजार ९७३ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । यस्तै आज एक हजार ७४३ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख २८ हजार ९२८ सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.६ प्रतिशत रहेको छ ।
यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ८५८ जनाको ज्यान गएको छ । नेपालमा प्रति दस लाखमा ३६६ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।
यस्तै ५१२ जना सघन उपचार कक्ष (आइसीयु), एक सय ६३ भेन्टिलेटर, २८ हजार ९११ जना होम आइसोलेशन, दुई हजार ६२ संस्थागत आइसोलेशन र २६० जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा १९ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला रहेका छन् । नेपालमा सक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
आज एक लाख सात हजार २७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ५५ लाख ७३ हजार ४१९ पहिलो मात्रा खोप र ४९ लाख ६२ हजार ७५९ पूर्ण मात्राको खोप लगाएका सकेका छन् ।