आर्थिक

कामना सेवा र बैंकिंगं ईन्स्टिच्यिुटबीच सम्झौता

२१ भदौ, काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र कामना सेवा विकास बैंक लि. बीच मिति २०७८ भाद्र २० गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एन.बी.आईले कामना सेवा विकास बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।