पु.समाचार

माधव नेपालको नयाँ दलमा नजान एमाले महासचिव पोख्रेलको साँसदहरुलाई आग्रह

२१ भदौ, काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलले आईतबार विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन् । यही भदौ ९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।