प्रदेश 1

प्रदेश नम्बर १ मा ४१९ मा कोरोना सङ्क्रमण

१८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४१९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । त्यसमा एक हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९० मध्ये विराटनगरमा ६६, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा छ, ताप्लेजुङमा दुई, भोजपुर र उदयपुरमा एक एक र प्रदेश बाहिरका आठ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आजै ४७० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा २२९ महिला र २४१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित सातको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।