सामाजिक सञ्जाल

देउवालाई धनराजको सुझाबः ओलीको जस्तो भ्रष्टाचारीलाई कारबाही गर्ने गफमात्र नहोस्

१७ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले भ्रष्टाचारका सन्दर्भमा ३ बुंदा प्रश्तुत गरेका छन् । उनले सुशील कोइरालाले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नारा घन्काए, नारामै सिमित भयो भन्दै पहिलो बुंदा प्रश्तुत गरेका छन् ।
नेता गुरुगंले दोस्रो बुँदामा केपी ओलीले भ्रष्टाचारीको मुखै हेर्दिन भने, ठट्यौलीमै सिमित भयो भन्ने टिप्पणी गर्दै अन्तिम बुँदामा शेर ब. देउवाले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्ने भनेका छन्। न्युनतम साझा कार्यक्रममै सिमित नहोस् भन्दै आफ्नै पार्टीका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाब दिएका छन् ।

नेता गुरुगंको ट्वीटः भ्रष्टाचारका सन्दर्भमाः
१) सुशील कोइरालाले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नारा घन्काए। नारामै सिमित भयो।
२) केपी ओलीले भ्रष्टाचारीको मुखै हेर्दिन भने। ठट्यौलीमै सिमित भयो।
३) शेर ब. देउवाले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्ने भनेका छन्। न्युनतम साझा कार्यक्रममै सिमित नहोस्।