पु.समाचार

नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र

१६ भदौ, काठमाडौं । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेका थिए । नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले कायममुकायम प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।