विचार/ब्लग

काँग्रेस महाधिवेशन र एजेण्डाबिहीन नेतृत्व परिवर्तनको बहस

प्रकाश तिरुवा/ कार्यतालिका अनुसार १८ भदौमा वडा अधिवेशन गर्ने भनिएको छ । तर, त्यो मिति आउन ६ दिन मात्रै बाँकी छ । जबकी निर्वाचन समितिले वडा अधिवेशनका लागि १९ दिनको समय मागेको थियो । तसर्थ कांग्रेसका लागि समयमा नै महाधिवेशन सम्पन्न गर्न समयको चाप एकातिर छ भने अर्कातिर पार्टीको जिवन्तता जोडिएको छ।
लोकतन्त्रको हिमायति अझ आफुलाई समाजवाद, लोकतन्त्र र प्रजातन्त्तको हिमायति भन्ने पार्टी नेपाली कांग्रेसले क्रियाशिल सदस्यको विवाद समाधान गरेसँगै पार्टीको आन्तरीक जिवन्तता र आगामी यात्राका लागि नेतृत्व परिवर्तनको बहस सतही रुपमा उठेको छ। पार्टी भित्र देउवाको विकल्प खोज्नुपर्छ भनेर संस्थापन इतरका अनौपचारिक छलफलमा छन्। तर संस्थापन इतरका समुहमा साझ ब्यक्तिको छनौट समस्याका रुपमा देखा परेको छ।
यही समस्या समाधानका लागि आकांछी मध्येबाट पार्टीको सवलीकरण र अबको कांग्गेसको यात्राका लागि एजेण्डा माग गरेर साझा उम्मेदवार तय गर्न सकिन्छ की भन्ने सवाल शून्यप्रायः छ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवासँग संस्थापन इतरका कुनै एउटा नेताले उनलाई चुनौती दिने विश्लेषणमा पुगे पनि उनीहरु एकअर्कालाई नेतृत्व स्वीकार गर्न तयार छैनन् ।
महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशिल सदस्यताको अझै टुंगो लाग्न नसकेका बेला पछिल्लोपटक तोकिएको महाधिवेशन मिति के हुन्छ भन्ने निश्चित छैन तर पूर्व निर्धारित मिति तलमाथि नभए वडा अधिवेशन आउन अब केवल ६ दिन बाँकी रहेको छ ।
अधिवेशन मिति नजिकिए पनि संस्थापन इतरबाट आकांक्षीको संख्या धेरै छ। जसमा सभापतिका आकांक्षीहरु नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ लगायतका छन्।
इतरको समस्या नै एजेण्डा तय गर्न नसक्नु हो। यसको मतलब संस्थापनसँग एजेण्डा छ भन्न खारजिएको होइन। संस्थापन भित्रबाटै बिमलेन्द्र नीधिले त आफ्नो सभापतिमा दावेदारी पेश गर्न सम्पर्क कार्यालय समेत तोक्दैछन् । सभापतिका उम्मेदवार वा नेतृत्वका लागि हानथाप गर्ने कसैसँग नि एजेण्डा सहित नेतृत्वमा दावि गर्ने छाँटकाँट देखिएन।
यसको मतलब संस्थापन बलियो छ, विवाद रहित भन्ने चाँही होइन। संस्थापनबाट पनि निधी उम्मेदवारी दिन तयारीमा छन् तर यो रणनीतिनी फरक नि हुनसक्छ।
संस्थापनमा नै रहेका केही नेताहरु सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर वहाँको अभिभावकत्वमा महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरु रहेका बताएका छन् । यति मात्र होइन पार्टीमा तेस्रो धारका रुपमा परिचित कुटिल कुटनीतिमा सफल पात्र सिटौँला समुहसँग नि स्पष्ट एजेण्डा देखिदैँन। यसर्थ भन्न सकिन्छ कि नेतृत्व परिवर्तनका लागि मात्र गरिने महाधिवेशनको कुनै औचित्य छैन् यो त केवल प्पशासनिक सवाल हो।
अहिलेको नेतृत्वका कारण कांग्रेस कमजोर भयो भन्ने निष्कर्ष हो भने त्यसबाट पार्टीलाई जोगाउन एउटा एजेण्डा सहित पार्टी सुदृढिकरणका लागि खाका तयार गरेर उम्मेदवार दिनुपर्‍यो नत्र जसले जसरी महाधिवेशनमा बाजि मारेपनि काँग्रेसको हालत झन खस्किने छ। Potential  and geopolitical analysis  गर्न सक्ने Just like and unjust like का आधारमा पार्टी संचालन गर्न सक्ने dynamic  नेतृत्व जसले ४० प्रतिशत क्रियाशिल सदस्यमा परेका युवा जमातले परिचालन गर्न सक्ने नेता नेतृत्वमा आउँन सकेका खण्डमा सवल पार्टी निर्माणका लागि भौतारिनु पर्ने छैन।
नेतृत्व भनेको बहुबिधात्मक, विश्वास योग्य र कुटनीतिक हुन जरुरी छ। अझ विश्वव्यापीकरणको दुनियाँमा अबको राजनीतिक नेतृत्व मुलत अर्थराजनीति, भुराजनीति र विश्वव्यापी रुपमा प्पभाव पार्ने खालको हुनुपर्दछ।
नेतृत्व लेनदेनको विषय होइन यो त एजेण्डाले तय गर्ने बृहत बहुलतामा आधारीत मार्ग हो। नेतृत्व फरक मतका साथ अगाडी आएमा सिंकापुरको परिकल्पना जस्तै माटो सुहाउँदो विकास र चिनीयाँ मोडेलको निकासका माध्यमद्वारा देश, जनता र समग्र विश्वमा प्पभाव पार्न सकिन्छ।
नेतृत्व ethics  or theology  basis हुनुपर्दछ मुलुक र पार्टीको हितका लागि अझ भन्दा व्यक्ति केन्द्रित मानसिकता भन्दा माथि सोच र विचार भएको नेतृत्व आझको आवश्यकता हो। अबको नेतृत्व नामका लागि मात्र होइन potentiality  भएको हुनुपर्दछ। नेतृत्वमा बिचारको खडेरी नै आझको समस्या हो। तसर्थ कांग्रेसमा नेतृत्व परिवर्तनको बहस पात्र परिवर्तन भन्दा पनि राजनीतिक संस्कार परिवर्तनका लागि हुनुपर्दछ।
युवा जमात नेतृत्व परिवर्तनको वकालत गर्ने तर नेतृत्वका लागि तयार नभएर पहिलो पुस्ताको वरिपरी रुमलिनाले पनि कांग्रेसमा तेस्रो वा दोस्रो पुस्ताको नेतृत्व तहमा आगमन शुन्य प्रायः छ। यसर्थमा शुन्य प्रायः छ अधिकांश युवा जमातहरु कुनै न कुनै रुपमा पहिलो पुस्ता वा शक्तिकेन्दको वरिपरी रुमलिएका छन्। रुमलिनुको प्पमुख कारण नै लाभका पदमा आफ्नो सहभागिता सुनिश्चित गर्नलाई हो। यसले के जनाउँछ भने युवा पुस्ता नै एजेण्डा बिहिन वा नेतृत्वका लागि योग्य छैनन् भन्ने हो।
नेतृत्व किस्तिमा वा दान उपहारका आधारमा हस्तान्तरण गरीने वा पैतीक सम्पत्ति होइन सहजै पाउनलाई, यसका लागि त दाबेदारी वा जबर्जस्त लिन सक्नुपर्दछ। आगामि कांग्रसको महाधिवेशन पनि औपचारीकतामा नै सिमित हुने देखिन्छ। फेरी पनि एजेण्डाको खडेरीमा नै कांग्रेसको महाधिवेशन सकिन्छ भनेर नकार्ने ठाउँ छैन ।
महाधिबेशन लोकतान्त्रीक पार्टिका लागि eye of guideline हो तर यो eye of guide line महाधिबेशन लोकतान्त्रीक पार्टिका लागि eye of guide line हाे तर याे eye of guide line र path forward का रुपमा सुपरिचित हुन पहिला एजेण्डाका आधारमा पार्टीकाे नेतृत्व चयन हुनुपर्दछ। आशावादी बन्ने तमाम ठाउँ अझैबाँकी छ। युवा जमात एक ठाउँमा आएर एजेण्डा निमार्ण गरेर नविन कांग्रेस निर्माणका लागि आधार तय गर्ने अवस्था सधैं अनुत्तरीत छ।

का रुपमा सुपरिचित हुन पहिला एजेण्डाका आधारमा पार्टीको नेतृत्व चयन हुनुपर्दछ। आशावादी बन्ने तमाम ठाउँ अझै बाँकी छ। युवा जमात एक ठाउँमा आएर एजेण्डा निमार्ण गरेर नविन कांग्रेस निर्माणका लागि आधार तय गर्ने अवस्था सधैं अनुत्तरीत छ।