प्रदेश 2

हार्डवेयर पसलमा आगलागी

२६ साउन, मलंगवा । सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय व्यापारी सञ्जय साहले सञ्चालन गर्नुभएको हार्डवेयर पसलमा गएराति करिब १ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए । पसलमा आगलगी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । प्रहरी, स्थानीयवासी तथा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।