पु.समाचार

गगनको देउवासँग मागः लुम्बिनीमा संसद अपहरण गर्ने जस्ता अपराधिक कार्य गर्नेलाई तत्काल दण्डित गरियोस्

२१ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले लुम्बििनीमा साँसद अपहरण गर्नेलाई कबारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
उनले ट्वीटमार्फत लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले ‘आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको’ लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन भनेका छन् ।
नेता थापाले यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस् भन्ने जोडदार माग गरेका छन् ।

नेता थापाको ट्वीटःलुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले ‘आफूलाई बन्धक बनाएको,जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको’ लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन।
@PM_Nepal ज्यू, यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस्।