पु.समाचार

बिपीका पालामा चीनले माफी मागेजसरी तुईनबाट धामी हत्यामा भारतले माफी माग्नुपर्छः नेता गुरुङ

२१ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले जयसिंह धामी घट्नालाई व्यक्तिगत रुपमा नलिऔं, यो त सिंगो मुलुकसँग जोडिएको घट्ना भएको बताएका छन् ।
जयसिंहले न्याय नपाउनु भनेको सिङ्गो मुलुकले अन्याय व्यहोर्नु हो भन्ने नेता गुरुङको तर्क छ ।
उनले २०१६ सालमा हवलदार मारिएको मुस्ताङ घट्नामा तत्कालीन प्र।म।विपीले चिनियाँ सरकारसँग सिधा कुरा गरेपछि चीनले माफी मागेको स्मरण गर्दै जयसिंह धामीसँग जोडेका छन् ।
नेता गुरुङले बिपीका पालामा चीनले मार्फी मागेजसरी नै भारतले जयसिंह धामीको मृत्यु प्रकरणमा मार्फी माग्नुपर्ने तर्क साँकेतिक रुपमा गरेका छन् ।

उनको ट्वीटः जयसिंह धामी घट्नालाई व्यक्तिगत रुपमा नलिऔं। यो त सिंगो मुलुकसँग जोडिएको घट्ना हो।
जयसिंहले न्याय नपाउनु भनेको सिङ्गो मुलुकले अन्याय व्यहोर्नु हो।
२०१६ सालमा हवलदार मारिएको मुस्ताङ घट्नामा तत्कालीन प्र।म।विपीले चिनियाँ सरकारसँग सिधा कुरा गरेपछि चीनले माफी मागेको थियो।
सम्झाएँ है।