पु.समाचार

माधव पक्षलाई संकेत गर्दै एमालेका अवैधानिक बैठक नगर्न ओली पक्षको आग्रह

२१ साउन, काठमाडौं । नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ ।
एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका हुन्, एमालेको माधवकुमार नेपाल पक्षले बिहीबार बैठक आह्वान गरेको छ ।