आर्थिक

सनराईज बैंकको ३ वटा शाखारहित बैँकिङ्ग सेवा बिस्तार

२० श्रावण, काठमाडौं । सन्राइज बैंक लिमिटेडले बैँकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैँकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ ।
सोही क्रममा बैंकले कर्णाली प्रदेश, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं। १४, बयलकाँडामा ८२ औं शाखारहित बैँकिङ्ग सेवा शुभारम्भ गरेको छ । त्यसैगरीे गत हप्ता बैंकलै सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं।९ खैरीफाँटा ८० औं र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं।०८, धनसिंहपुरमा ८१ औं गरि थप २ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैँकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।