आर्थिक

बैंकका अध्यक्ष राजेश श्रेष्ठ सम्बन्धी समाचार भ्रामकः सेन्चुरी बैंक

२० साउन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचारमाध्यममा समाचार प्रेषित भएको भन्दै बैंकले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्त गरेको छ ।
बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा प्रकाशित गर्न सम्पूर्ण संचारमध्यमहरुलाई हार्दिक अनुरोध गरेको छ । बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको र छिट्टैै यस मुद्धाको फैसला आउनेमा बैंक विश्वस्त समेत रहेको जानकारी गराएको छ ।
अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय र कानून संगत नहुने व्यहोरासमेत सरोकारवाला सबैमा बैंकले बि बिज्ञजानकारी गराएको छ।