स्वास्थ्य

बढ्यो कोरोनाः सङ्क्रमण चार हजार नाघ्यो, ३५ को निधन

२० साउन, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज चार हजार १०७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण भएको पुष्टि गरे ।

उनका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै आज एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । यस्तै काठमाडौँ उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना सङ्क्रमित भएका छन् ।