उर्जा

कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको प्रबन्ध-निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

१९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गर्न उर्जा मन्त्री पम्फा भुषाललाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपालीहरुको मन जित्न सफल कुलमान घिसिङलाई नियुक्त गर्न आवश्यक रहेको ठहर्दै नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले घिसिङलाई प्राधिकरणमा ल्याउन निर्देशन दिएको बताईएको छ ।
यसअघि नेपाललाई लोडसेडिङमुक्त बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छबि बनाएका घिसिङलाई उक्त स्थानमा ल्याए नागरिक समाजलगायतको स्याबासी देउवा सरकार र काँग्रेसले पाउने राजनीतिक बिश्लेषण गर्न थालिएको छ ।सामाजिक सञ्जालमा कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्त गर्न माग हुँदै आईरहेको अवस्था ब्यापक भएका बेला प्रधानमन्त्री देउवालो लोकप्रीय निर्देशन दिएका हुन् ।