राजनीति

पौडल समूह बैठक: अनिस्चित भएको महाधिवेशन/सरकारको बिषयमा महत्वपूर्ण निर्णय हुने संकेत

१९ साउन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निवासमा पौडेल पक्षका नेताहरुको बैठक शुरु भएको छ ।
नेपाली काँग्रेसको महाधिवेशनको अनिश्चितता, देउवा सरकारले सरकार बिस्तार गर्न गरेको ढिलाईलगायतका बिबिध बिषयमा पौडेल पक्षको धारणा तयार गर्न उक्त बैठक डाकिएको बताईएको छ ।
नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रधाशमान सिंह निवास चाक्सीिबारीमा शुरु भएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसाँक कोईराला, अर्जुननरसिंह केसी, नेता प्रकाशमान सिंह लगायतका नेताहरु उपस्थित भईसकेको बताईएको छ ।
साउन १२ गतेदेखी सम्पन्न हुनुपर्ने नेपाली काँग्रेसको गाउँ अधिवेशन स्थगीत भएको भएपनि नयाँ मिति टुंगो नलाग्दा नेपाली काँग्रेसको १४ औं महाधिवेशन नै अनिश्चित बनेको अवस्थामा पौडेल पक्षको बैठक बस्नु अर्थपूर्ण छ ।