प्रवास

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

टोकियो, १७ साउन । गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।
निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन्। यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिएका थिए ।