राजनीति

म एकपटकमात्र काँग्रेसको सभापति हुन्छु, प्रधानमन्त्री बन्दिनः प्रभावशाली नेता डा कोईराला

१६ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले हरेक महाधिवेशनमा सिंधुपाल्चौक जिल्ला किन भईरहेको भन्ने प्रश्न खोज्नुपर्ने बताएका छन् । उनले सिन्धुपाल्चौकका नेता कार्यकर्ताले १४ औं महाधिवेशनमा भाग लिन पाउन भन्ने आफू लाग्ने भन्दै नेपाली काँग्रेसका सभापतिले तरुण दलको अधिवेशनको उद्घाटन गरेपनि तीन जनामा सीमीत भएको भन्दै आफू भदौ १६ गतेको काँग्रेसको १४ औं हाधिवेशन हुनेमा आफू सम्भव नदेख्ने बताए ।
उनले नेपाली काँग्रेस सिन्धुपाल्चौक जिल्लाको आयोजनामा आयोजीत अन्तरकृया तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै क्षेत्रीय प्रतिनिधि बनाउँदा आफ्नो घरको वा नजिकको मान्छेलाई बनाउने गरेको भन्दै आफूलाई माहाधिवेशन जिताउन, क्षेत्रीय सभापति बनाउन, जिल्लामा आउन क्षेत्रीय प्रतिनिधि आवश्यक रहेको भन्दै त्यसका लागि क्षेत्रीय प्रतिनिधि राम्रो चुन्नुपर्ने मूख्य आवश्यक्ता रहेको डा कोईरालाको दाबी गरे ।
डा कोईरालाले दुईवटा वा पाँच वटा भोट थपेर कृयाशील सदस्यता बिबादमा ल्याएको भन्दै स्थानीय स्तरमा सबैले बिचार गर्नुपर्ने बताए । उनले वडा सभापति, क्षेत्रीय सभापति, जिल्लामा सहमतीमा आएका सबै मानिएको भन्दै बिमती आएकामा भने बिबाद भएको बताए ।
प्रभाबशाली नेता डा कोईरालाले एउटा पनि पदाधिकारी मनोनित नहुनु भनेको काँग्रेस सामूहीक नेतृत्वमा गएको दाबी गर्दै नेपाली काँग्रेसको बिधानले जातीय क्लस्टरको स्पष्ट नहुँदा निर्बाचन समितिसँग डा मिनेन्द्र रिजाल र डा प्रकाशसरण महतले यसपटकलाई छलफल गर्ने गरेको बताए । उनले यसपटक काँग्रेसले तीनवटा निर्बाचनको बिषयमा निर्णय गर्नुपर्ने भन्दै उनले आफूले एकपटकका लागिमात्र सभापतिको उम्मेद्वार भएको दाबी गरे । भारतको काँग्रेसआई बिजेपी र को अवस्था हेर्न कार्यकर्तालाई आग्रह गर्दै सभापति र प्रधानमन्त्री बेग्लै ब्यक्ती हुनुपर्ने उनले बताए ।
उनले यसपटकको कृयाशील सदस्यमा युवाहरुको उपस्थिति धेरै भएको भन्दै त्यसले राम्रो नेतृत्व छान्नेमा आफू बिश्वस्त रहेको बताए । उनले यसअघिकै कार्यक्रममा पनि आफू सभापति भए बरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्न सक्ने बताईसकेकाले प्रधानमन्त्री नबन्ने बताईसकेका छन् ।