आर्थिक

नबिल बैंक र डी भी एक्सिलस बिच किसानहरुलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य

१६ साउन, काठमाडौं । नबिल बैंक र डी भी एक्सिलसद्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहु‘चको प्रदान गर्न सहकार्य गरेको छ ।
यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहु‘च प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडी बढेको छ । यसै गरी, किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन् ।
अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक र देवेश प्रधान, निर्देशक, डी भी एक्सिलसले यस सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट सुजित कुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत र निरज बस्नेत (डनिल), प्रमुख – एस एम ई तथा लघुवित्त को उपस्थिति रहेको थियो । साथै डी भी एक्सिलसको तर्फबाट किरण नायर, मुख्य संचालन अधिकृत तथा सुभाष भट्टराई, मुख्य प्रविधि अधिकृतको उपस्थिति रहेको थियो ।
साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह ले भने ““नबिल बैंकले सदैब दिगो बैकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहृश्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो । हामी डी भी एक्सिलस स‘गको यस सहकार्य द्वारा कृषकहरुको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरि उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुराउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहु‘च पुर्याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित गरेका छन् ।

यस साझेदारीस‘गै, नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरि कृषकलाई गुणात्मक कृषि सरसँधानको सहज उपलब्धता र सहज वित्तिय पहु‘च मार्फत परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ ।
बैंकिङ क्षेत्रमा ब्नचष्अगतिगचभ ख्बगिभ ऋजबष्ल ँष्लबलअष्लन को भिन्न प्रयोग गरि कृषकहरुलाई उचित वितिय अवसर प्रदान गर्दै उनीहरूको सफल कृषि उत्पादक बन्ने यात्रामा प्रमुख सहयोगी हुन पाउदा नबिल बैंक गर्व गर्दछ ।
यस सहकार्य अन्तर्गत प्जभतष् ब्उउ को माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ । प्जभतष् ब्उउ मा दर्ता भएका कृषकहरुले ब्उउ बाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन ।
त्यस्तै, यस सहकार्यको बारेमा बोल्दै डी भी एक्सिलसका निर्देशक श्री देवेश प्रधानले भने “यस सहकार्य को माध्यमबाट डी भी एक्सिलस सक्रिय रूपबाट आफ्नो प्जभतष् ब्उउ को माध्यमबाट नेपाली किसानहरुलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको छ । यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरुलाई सहजै वित्तिय पहुच प्रदान गर्नु हो, जसले साना कृषकहरुलाई नवीनतम टेक्नोलोजी, उपकरण, मशीनरी, प्रविधि र सरसधानको प्रवाह लाई प्रोत्साहित गरेको छ ।