सामाजिक सञ्जाल

आफ्नै पार्टीका प्रधानमन्त्री देउवालाई धनराजले भने, ‘भ्रष्टहरुलाई पालेर सरकारकै बदनाम हुन्छ है !’

१५ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले प्रधानमन्त्री शेरबहादुर देउवालाई धरानस्थीत बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानबिन गरी भ्रष्टलाई कारबाही गर्न माग गरेका छन् ।
उनले यस अघि पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई आग्रह गरेपनि ओली सरकारले आफैं नियुक्त गरेका बिपी अस्पतालका प्रमुख ज्ञानेन्द्र गिरीलाई कारबाही भएको थिएन । रक्सी पीएर बैठकमा आएको समाचार आउँदा, दैनिकजसो कर्मचारीले भ्रष्टाचारको बिरोध गरेपनि डा गिरीलाई कुनैपनि निकायले करबाही गर्न सकेको छैन ।
नेपाली काँग्रेसका भ्रष्टाचार बिरोधी नेताका रुपमा चिनिएका नेता गुरुंगले आफ्नै पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भ्रष्टहरुलाई पालेर सरकारकै बदनाम हुन्छ है भनेर सचेत गराएका छन् ।

नेता गुरुगंको ट्वीटः
सम्माननीय @PM-Nepal ज्यु! विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सामाग्री खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको भन्ने खवर यहाँले सुन्नु भएकै होला।
तसर्थ छिटोभन्दा छिटो छानवीन गरेर भ्रष्टहरुलाई कारबाही गरियोस्।
भ्रष्टहरुलाई पालेर सरकारकै बदनाम हुन्छ है।