सामाजिक सञ्जाल

संसदको दुई-तिहाई आफ्नो बनाऊ, जनमत संग्रह हुन्छ, सुकुलगुण्डे गफले हुन्नः संग्रौला

१५ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले १८/२० लाख मानिस सडकमा उतार वा संसदको दुई-तिहाई आफ्नो बनाऊ बस् ,जनमत संग्रह हुन्छ नत्र कुरामात्र गरेर जनमत संग्रह हुन नसक्ने बताएका छन् ।
संग्रौलाले ट्वीट गर्दै विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, राप्रपाका अध्यक्ष कमल थापालगायतलाई संकेत गर्दै उनीहरुले उठाएको संघीयतालायतका बिषयमा जनमत संग्रह गर्दा दुई तिहाई मत ल्याउन चुनौती दिँर्दै त्यसपछि जनमत संग्रह गर्न मिल्ने बताएका छन् ।
रविन्द्र मिश्रले केही दिन अगाडी धर्मनिरपेक्षतालगायतको बिषयमा सोच्नुपर्ने भन्दै प्रस्ताव ल्याएका थिए भने राप्रपाको मुख्या एजेण्डा नै राजसंस्थाको पुनःस्थापना, हिन्दुराज्य रहि आएको नै छ । संग्रौलाले कडा प्रश्न गर्दै भनेका छन्, ‘१८/२० लाख मानिस सडकमा उत्रिएर, लडेर ल्याएको हो संघीयता र धर्मनिरपेक्षता। यिनलाई मास्न तिमीलाई जनमत संग्रह चाहियो ?’
उनले नत्र भुइँफुट्टा ज्ञानी भएर, सुकुलगुण्डे गफ गरेर तिम्रो जनमत संग्रह हुँदैन काजीसाप! कडा प्रहार गरेका छन् ।
उनको ट्वीटः १८/२० लाख मानिस सडकमा उत्रिएर, लडेर ल्याएको हो संघीयता र धर्मनिरपेक्षता। यिनलाई मास्न तिमीलाई जनमत संग्रह चाहियो ? १८/२० लाख मानिस सडकमा उतार वा संसदको दुई-तिहाई आफ्नो बनाऊ। बस् ,जनमत संग्रह हुन्छ। नत्र भुइँफुट्टा ज्ञानी भएर, सुकुलगुण्डे गफ गरेर तिम्रो जनमत संग्रह हुँदैन काजीसाप !