सामाजिक सञ्जाल

मिश्र/थापाको संघीयता खारेजी/हिन्दू धर्म पुनःस्थापनाको धारणामा एमालेको साथ छः खगेन्द्र संग्रौला

१४ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने उद्योग एक्लै शुरू गय्रा होलान् र ? भन्ने प्रश्न गरेका छन् । विवेकशील साझा पार्टीका संयोजक मिश्रले संघीयता खारेजीलगायतका प्रस्तावको समर्थन गर्ने राप्रपाका अध्यक्ष कमल थापामात्र नभएर नेकपा एमालेकोसमेत समर्थन भएको संग्रौलाले दाबी गरेका छन् ।
लेखक संग्रौलाले ट्वीट गर्दै कुरो सुनेर राजभक्त कमल थापा दङ्ग छन् , प्रवक्ता महेश बस्नेतले केपी ओलीको लाइन यही हो भन्ने संकेत गरिसके भन्ने कुरा राख्दै मिश्रको प्रस्तावमा उनी एक्लै नभएको टिप्पणी गरेका हुन् ।
उनले उस्तैउस्ता सँगै जाऔँ, मिलिजुली भत्काइदिऔँमा यी तीन वीर पुरूषको भाका मिलिसक्यो त भन्दै उक्त प्रस्तावमा एक्लै नभएको बताएका हुन् । संग्रौला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएका र उक्त पार्टीमा प्रभावशाली युवा नेता महेश बस्नेतले संघीयताको बिषयमा रविन्द्रको प्रस्तावसँग मेल खाने प्रस्ताव राखिसकेकाले एमालेको धारणा पनि संघीयता, राजसंस्थाको बिषयमा रबिन्द्र मिश्र र कमल थापासँग मेल खाने उनको दाबी छ ।

संग्रौलाको ट्वीटः रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने उद्योग एक्लै शुरू गय्रा होलान् र ? कुरो सुनेर राजभक्त कमल थापा दङ्ग छन्। प्रवक्ता महेश बस्नेतले केपी ओलीको लाइन यही हो भन्ने संकेत गरिसके। उस्तैउस्ता सँगै जाऔँ, मिलिजुली भत्काइदिऔँमा यी तीन वीर पुरूषको भाका मिलिसक्यो त१