राजनीति

राष्ट्रिय हित र स्वाधीनता विपरीतका केही प्रावधान नहटाई एमसीसी सम्झौता भए राष्ट्रघातीः भीम रावल

भीम रावल

१३ साउन, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने ठोकुवा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै देश उपनिवेशकरण तर्फ धकेलिनेछ, यस्तो काम सरकार र पार्टीले नगरून् भन्दै सुझावसमेत दिएका छन् । पुर्व गृहमन्त्रीसमेत रहेका रावलले एमसीसीबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् भनेका छन् । बिगतदेखी नै बहुचर्चित तथा बिबादास्पद एमसीसीको बिरोध गर्दै आएका नेता रावलले यसपटक पनि उक्त एमसीसीको बिरोध गरेका छन् ।
नेता रावलको ट्वीटः नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ।
देश उपनिवेशकरण तर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून्। यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।