सामाजिक सञ्जाल

धनराजको प्रहारः सत्ताको घोंडाले समाजवादलाई कुल्चियो भने घोंडाले सन्तुलन गुमाउँछ

१३ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले आर्थिक, राजनैतिक, सामाजिक समानताको अबसर नै समाजवाद भएको बताएका छन् । उनले ट्वीट गर्दै सिमान्तकृत वर्गलाई अपमान र सम्भ्रान्त वर्गलाई सम्मान समाजवाद होइन भन्दै समाजवादका यी तीन पोया मध्ये एउटा पोया हटाई दियौं भने समाजवाद अपुर्ण हुन्छ भन्ने उनको तर्क छ ।
नेता गुरुगं सत्ताको घोंडाले समाजवादलाई कुल्चियो भने घोंडाले सन्तुलन गुमाउँछ भन्ने ब्यंग्य गरेका छन् ।
उनको ट्वीटः सिमान्तकृत वर्गलाई अपमान र सम्भ्रान्त वर्गलाई सम्मान समाजवाद होइन।
आर्थिक, राजनैतिक, सामाजिक समानताको अबसर नै समाजवाद हो।
समाजवादका यी तीन पोया मध्ये एउटा पोया हटाई दियौं भने समाजवाद अपुर्ण हुन्छ।
सत्ताको घोंडाले समाजवादलाई कुल्चियो भने घोंडाले सन्तुलन गुमाउँछ।
जय नेपाल।