सामाजिक सञ्जाल

कमल थापालाई पछि पार्दै राजतन्त्रको वकालत गर्दा रविन्द्रको हालत महन्थ ठाकुरको जस्तै हुन सक्छः संग्रौला

१३ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले दुई-चार थान दुई हप्ते मन्त्री पदको लोभले भष्मासुर ओली प्रवृत्तिलाई काँध थाप्दा महन्थ ठाकुरको सुन्दर छवि ध्वस्त भएको टिप्पणी गरेका छन् ।
उनले एकाबिहानै ट्वीट गर्दै बिबेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले गरेको प्रस्तावलाई भनेका छन्, ‘कमल थापालाई पछि पार्दै ‘राजतन्त्रको उच्च स्वीकार्यता’ देख्दा रवीन्द्र मिश्रको उदारता, सदाचार र इमानको ढोँगी आवरण धुजाधुजा भयो। हैट्, समयको इन्साफ कति कठोर !’
उनले कमल थापालाईसमेत पछि पार्दै राजतन्त्रको वकालत, धर्मनिरपेक्षको बिरोध गर्दा महन्थ ठाकुरले केपी शर्मा ओलीको वकालत गर्दा भएको हालतजस्तै हुने अनुमान गरेका हुन् ।
उनको ट्वीटः दुई-चार थान दुई हप्ते मन्त्री पदको लोभले भष्मासुर ओली प्रवृत्तिलाई काँध थाप्दा महन्थ ठाकुरको सुन्दर छवि ध्वस्त भयो।

कमल थापालाई पछि पार्दै ‘राजतन्त्रको उच्च स्वीकार्यता’ देख्दा रवीन्द्र मिश्रको उदारता,सदाचार र इमानको ढोँगी आवरण धुजाधुजा भयो। हैट्, समयको इन्साफ कति कठोर !