राजनीति

संघीयता, गणतन्त्र, धर्मरिपेक्षताका बिरोधीहरु राजतन्त्रका भूतहरुमात्र हुन्ः डा भट्टराई

१२ साउन, काठमाडौं । जसपाका अध्यक्ष डा बाबुराम भट्टराईले झिँगाको सरापले डिंगा मर्दैन भन्दै गणतन्त्र, संघीयता बिरुद्ध बोल्नेहरु राजतन्त्रका धुपमात्र भएको टिप्पणी गरेका छन् । पुर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको संघीयता खारेज गर्ने प्रस्ताव, राप्रपा अध्यक्ष कमल थापाका बिभिन्न समयमा गणतन्त्र र संघीयताबिरोधी कुराहरुलाई संकेत गर्दै कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन भनेका छन् ।
उनले ट्वीट गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन भन्ने बताएका छन् । डा भट्टराईले डराउनुपर्दैन भनेपनि बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून भनेर गणतन्त्र, संघीयता, धर्मरिपेक्षता बचाउन सचेत रहन आग्रह गरेका छन् ।

डा भट्टराईको ट्वीटः झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन! बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून!